+
+

पार्टीका नेताको दबाबले नराम्रो मान्छे नियुक्त गर्नुपर्‍यो : प्रेम आले

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १८:२०

१२ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पार्टीका नेताको ‘प्रेसर’ले नियुक्तिमा नराम्रा मान्छेलाई पनि नियुक्ति दिनु परेको बताएका छन् ।

राजीनामापछि आइतबार पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिए ।

उनले भने, ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्‍यो, विस्तारै सच्याउँदै गएको थिएँ ।’ उनले कसलाई, कुन  नेताको दबावमा कहाँ नियुक्त गरिएको हो भन्ने खुलाएनन् ।

उनले नेपाल वायुसेवा निगममा युवराज अधिकारीलाई नियुक्त गरेका थिए । आलेले अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएपछि अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?