+
+

भूकम्प प्रभावित अफगानिस्तानलाई राष्ट्रसंघको एक करोड अमेरिकी डलरको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते २०:३७

१२ असार, काठमाडौं ।  संयुक्त राष्ट्रसंघले  केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ)बाट भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन गरेको छ ।

देशको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो ।

मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप–महासचिवले मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको बताए ।

ग्रिफिथले ट्वीटमा लेखेका छन्, ‘भूकम्प अफगानिस्तानमाथि आइपरेको सबैभन्दा पछिल्लो दुःखद घटना हो मैले तत्काल मद्दत गर्न एक करोड अमेरिकी डलर विनियोजन गराएको छु ।’ भग्नावशेषमा पुरिएका बालबालिकासहित १ हजार बढीले ज्यान गुमाएका छन् । १ हजार ५०० बढी घाइते भएका छन् ।

भूकम्पबाट नराम्ररी प्रभावित जनतालाई ठूलो रकम उपलब्ध गराएर विश्वभरका विभिन्न संस्थाले सहयोग गर्दै आएको समय राष्ट्रसंघको पनि सहयोगको घोषणा गरेको हो । बुधबार ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी पाक्तिका प्रान्तका बारमल र गियान जिल्लाहरू र खोस्ट प्रान्तको स्पेरा जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।

भूकम्पमा परी १० हजार भन्दा बढी घरहरू भत्किएका छन् । भारतले पनि तालिवान अधिकारीहरूको उपस्थितिमा शुक्रबार अफगानिस्तानलाई दोस्रो चरणको मानवीय सहयोग हस्तान्तरण गरेको थियो

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?