+
+

भुपेन्द्र बुढाथोकीले जिते उत्कृष्ट गीतकार विधामा राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १४:४०

१३ असार, दाङ । दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्डको आधुनिक गीततर्फको उत्कृष्ट गीतकारको अवार्ड दाङका भुपेन्द्र बुढाथोकीले जितेका छन् । उनले ‘धोकामाथि धोका’ बोलको गीतबाट आधुनिक गीतकारको विधा जिते ।

ब्राण्डरुट इन्टरटेन्मेन्ट प्रालि आयोजनामा आइतबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा भएको अवार्ड कार्यक्रमा गीतकार बुढाथोकीले उक्त अवार्ड हात पारेका हुन् । गीतकार बुढाथोकी प्रहरी निरीक्षक समेत हुन् ।

दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्डमा राष्ट्रिय गीततर्फ प्रकाश सपूतले अवार्ड जिते भने लाइफ टाइम अचिभमेन्टबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सस्थापक अध्यक्ष एवं गायक अमर विरही गुरुङ सम्मानित भए ।

लोक दोहोरी गीत, फिल्मी गीत, गायक-गायिका, म्युजिक भिडियो, शब्द, संगीत, मोडल, निर्देशन लगायत विभिन्न ४४ विधामा अवार्ड वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?