+
+

लालपूर्जा माग्दै धनकुटादेखि विराटनगरसम्म महिलाको पैदल मार्च

लालपूर्जा माग गर्दै धनकुटाका महिलाहरुले विराटनगरसम्म दुई दिन पैदल यात्रा गरेका छन् । धनकुटाबाट ३० महिला दुई दिन पैदल यात्रा गरेर विराटनगर आएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १९:४५

१३ असार ,विराटनगर । लालपूर्जा माग गर्दै धनकुटाका महिलाहरुले विराटनगरसम्म दुई दिन पैदल यात्रा गरेका छन् । धनकुटाबाट ३० महिला दुई दिन पैदल यात्रा गरेर विराटनगर आएका हुन् ।

सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका नागरिकलाई लालपूर्जा दिन ढिलाइ गरेपछि राज्यलाई दबाव दिन महिलाहरुले पैदल यात्रा गरेका हुन् । धनकुटाबाट आएका महिलाहरुको टोलीमा इटहरीबाट सुनसरी र झापाका महिला पनि मिसिएका थिए ।

पैदल यात्रा गरी सोमबार प्रदेश १ को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सराबगीलाई ज्ञापनपत्र बुझाएको नेपाल महिला एकता समाज मोरङकी अध्यक्ष लक्ष्मी खड्काले बताइन् ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित समुदायको भूमि र बसोबासको अधिकार सुनिश्चितताको माग गर्दै राज्यलाई दबाब दिन दुई दिन पैदल यात्रा गरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?