+
+

को बन्ला स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १२:२८

१४ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ ।

स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार बढुवा समतिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि डा. टंकप्रसाद बराकोटी र डा.संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो । मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिले पहिलो नम्बरमा डा. बराकोटी तथा दोस्रो नम्बरमा डा. मिश्राको नाम सिफारिस गरेको छ ।

स्वास्थ्यमा अहिले १२औँ तहको एउटा पद रिक्त छ । उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीको स्थान खाली छ । सो स्थानमा बढुवा लागि मन्त्रालयले गत ६ चैतमै सूचना निकालेको थियो ।

सिफारिसमा पर्ने डा. बराकोटी मेची अस्पताल र डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा कार्यरित छन् । प्रमुख विशेषज्ञ (१२औँ तह) मा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ ।

११औँ तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२औँ तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा हुने व्यवस्था छ ।

पछिल्लो ५ वर्षको कासमु र अन्य ३ शीर्षकमा कर्मचारीले प्राप्त गरेको अंकका आधारमा योग्यताक्रममा अब्बल व्यक्तिलाई मन्त्रिपरिषद्ले १२औँ तहमा बढुवा गर्नुपर्छ । तर, सिफारिसमा परेकी डा. संगिता कौशल मिश्रामाथि किर्ते डकुमेन्ट पेश गरेर जागिर खाएको आरोप लाग्दै आएको छ ।

डा. मिश्रामाथि भने एक वर्ष समय बढाएर खुलामा डकुमेन्ट ‘किर्ते’ पेश गरी एघारौं तहमा पुगेको आरोप उनीमाथि छ । मिश्राले सरकारी सेवामा प्रवेश गर्दा पूरा समय काम नगरी एक वर्ष सेवा अवधि बढाएर नक्कली कागज पेश गरी जागिर खाएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

उक्त विवादकाबीच उनको नाम सिफारिस भएको बुझिएको छ । स्वास्थ्य सेवाको अधिकृत एघारौं तहमा जागिर खान एमबीबीएस गरेपछि ७ वर्ष काम गरेको हुनुपर्ने प्रावधान छ । तर, मिश्रा एमबीबीएस गरेको ६ वर्षमै अमेरिकामा पढ्न गएकी थिइन् ।

अमेरिकामा पढ्न गएकी संगिताले तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई प्रयोग गरेर त्यो अवधिमा पनि नोबेल अस्पतालमा काम गरेको कागजात तयार पारेर पेश गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।

। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी तत्कालीन डा. मिरा उपाध्याय र डा. मिश्राले खुला प्रतिस्पर्धामा भाग लिएका थिए । तर, संगिताको एमबीबीएस गरेर सात वर्ष पुगे पनि सेवा अवधिको हिसाबले ६ वर्ष मात्रै पुगेको थियो ।

बढुवा सिफारिस समितिमा लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य– अध्यक्ष, लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य, मुख्यसचिव-सदस्य, लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयको विशेषज्ञ -सदस्य र स्वास्थ्य मन्त्रालयको सचिव– सदस्य–सचिव हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?