+
+

थामिएन सेयर बजारको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १५:२१

१४ असार, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको थियो ।

कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार ६८० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बैंकिङ र जीवन बीमा समूह मात्रै हरियो रहे भने अन्य सबै समूह राताम्ये भए ।

मंगलबार सीवाईसी नेपाल लघुवित्त, उन्नत सहकार्य लघुवित्त, एग्रिकल्चर डेभलप्मेन्ट बैंक लिमिटेड, सनराइज फर्स्ट म्युचअल फन्ड धेरै कमाउनेमा दरिए ।

यस्तै बजारमा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्ड, जनरल इन्स्योरेन्स कम्पनी, युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर लगायतका कम्पनी रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?