+
+

भुवन केसी, सन्तोष पन्तसहित थप ६१ फिल्मकर्मीलाई सरकारी परिचयपत्र दिइने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १६:२५

काठमाडौं । सरकारले थप ६१ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान गर्ने भएको छ । भुवन केसी, सन्तोष पन्त, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, दयाराम दाहालसहितका फिल्मकर्मीले बिहीबार विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने भएका हुन् ।

बिहीबार आयोजना हुने चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र वितरण गर्ने जनाइएको छ ।

आर्थिक वर्ष २०७३÷७४ सालमै कार्यविधिअनुसार फारम भरेका कलाकारलाई परिचयपत्र प्रदान गर्न लागिएको बोर्डले जनाएको छ ।

यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । यसअघि परिचयपत्र प्राप्त गरेका चार जनाको निधन भइसकेको छ । यसपटक अध्यक्षबिनै बोर्डले वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?