+
+

जब चोकमा एउटै नम्बरका दुई मोटरसाइकल देखा परे…

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १३:२८

१५ असार, काठमाडौं । बुधबार बिहान साढे ८ बजेतिर प्रदीपजंग क्षेत्री गौशाला चोकमा ट्राफिक जाममा अड्किरहेका थिए । उनको नजर आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्‍यो ।

दुवै मोटरसाइकलमा एउटै नम्बर थिए । पानी परिरहेकाले सवारी चालकले रेनकोट लगाएका थिए । तर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो ।

त्यसपछि क्षेत्रीले खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटै नम्बरको दुई वटा मोटरसाइकल देखिने तस्वीर भाइरल भएपछि अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान थालेको छ ।

कार्यालयका एसपी सञ्जिव शर्माका अनुसार अहिले दुवै मोटरसाइकलको खोजी भइरहेको छ । ‘यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर कसले फट्याइँ गरेको हो भन्ने पत्ता लगाउँछौं’ उनले अनलाइनखबरसँग भने ।

गुर्जुधारास्थित यातायात कार्यालय (मोटरसाइकल) का अनुसार तस्वीरको बायाँतर्फ देखिएको बजाजको पल्सर मोटरसाइकलको लागि सो नम्बर जारी भएको हो । तर बजाजकै एनएस मोटरसाइकलले पनि सोही नम्बर जडान भएको देखिएकोले तुरुन्त पक्राउ गरी ल्याउन ट्राफिक प्रहरीलाई पत्राचार गरिएको कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई पनि यसबारे जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?