+
+

‘छड्के २’मा जोडिए अनमोल केसी, ‘सिर्जनात्मक असमझदारी’ भन्दै विपिनले खेल्न मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १३:४२
फाइल तस्वीर

काठमाडौं । अभिनेता अनमोल केसी ‘छड्के २’मा अनुबन्धित भएका छन् । दुई साताअघि नै अनमोल मुख्य भूमिकाको लागि फिल्मसँग औपचारिक रुपमा जोडिएको निर्देशक निगम श्रेष्ठले जानकारी दिए ।

तर अनमोल कति पारिश्रमिकमा अनुबन्धित भए र उनको चरित्र चित्रण के हो भन्नेबारे श्रेष्ठले खुलाएनन् । साथै, अन्य कलाकारबारे चाँडै जानकारी दिने उनले बताए ।आफूसँग निकट सम्बन्ध रहेका अभिनेता विपिन कार्कीलाई पनि निगमले प्रस्ताव गरेका थिए, तर रचनात्मक असमझदारी भन्दै विपिनले प्रोजेक्टलाई अस्वीकार गरेको अनलाइनखबरलाई बताए ।

यद्यपि, यो फिल्म सन् २०१३ मा रिलिज भएको फिल्म ‘छड्के’को सिक्वेल नभएको निर्देशक श्रेष्ठले बताए । ‘यो सिक्वेल होइन, सिरिज हो’ उनले भने, ‘हामीले सिरिजकै रुपमा यसलाई बनाउन लागेका हौं ।’

पहिलेका कुनै पनि कलाकार निरन्तर नहुने जनाउँदै श्रेष्ठले कलाकार नयाँ अनुबन्धित हुने बताए । ‘पहिलेका कलाकार र कथावस्तुसँग यसको सम्बन्ध छैन,’ उनले भने, ‘निर्मातादेखि कलाकार र कन्टेन्ट नयाँ हुनेछ ।’

‘छड्के २’ ग्याङस्टर र कमेडी विधामा निर्माण हुन लागेको र साउन अन्तिमदेखि चितवन र मनाङमा फिल्म सुटिङ हुने जनाइएको छ । निर्वाण फिल्म्स र अर्को एक कम्पनीले मिलेर फिल्म बनाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?