१५ असार, ललितपुर । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १९औं रोपाइँ महोत्सवमा बालबालिकाहरु पनि सहभागी भएका छन् ।
विभिन्न स्कुलबाट आएका उनीहरुले कोही धान रोपेका छन् भने कोहीले हिलो खेलेर रमाइलो गरेका छन् । यसअघि सरकारले खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १८औं रोपाइँ महोत्सव मनाएको थियो ।
‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मेसिनबाट धान रोपेर महोत्सव आरम्भ गरेका थिए ।
हेर्नुस् तस्वीरहरु :

प्रतिक्रिया 4