+
+

सुरक्षा र नरेनको ‘बुलाकी’ कात्तिक १८ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १६:३३

काठमाडौं । सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ कात्तिक १८ गतेदेखि प्रदर्शन हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले बुधबार प्रदर्शन मिति तय गरेको हो ।

पोस्टरमा सुरक्षालाई हँसिया, डोको बोकेको गाउँले युवतीको चरित्रमा देख्न सकिन्छ । अभिनेता खड्का र विराज विष्ट पनि पोस्टरमा चित्रित छन् ।

राजबहादुर सानेको पटकथा तथा संवाद रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । डोल्पामा छायांकन गरिएको फिल्मले अर्काकी श्रीमती भगाउने पुरुषबाट उठाउने आर्थिक हिसाब (जारी)को कथावस्तु र त्यसको सामाजिक असरलाई चित्रण गर्छ ।

फिल्मले नेपाली समाजको अर्गानिक कथावस्तुलाई चित्रण गर्ने निर्देशक सुनारले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?