+
+

अञ्जु पन्तले अस्ट्रेलियामा कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १८:२७

काठमाडौं । सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्त अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएकी छन् । ‘विजडम नाइट’ नामक यो सांगीतिक टुरमा सिड्नीमा नै रहेका अर्का गायक सञ्जीव पराजुलीले पनि सांगीतिक प्रस्तुति दिने भएका छन् ।

आगामी दशैंको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कन्सर्ट सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना हुने जानकारी विजडम एजुकेसन कन्सल्टेन्सीका सीईओ सफल कार्कीले दिए ।

उनले भने, ‘अस्ट्रेलियाको विभिन्न सहरमा रहनुहुने गीत-संगीत अनुरागीहरूको चाहना र माग अनुरूप नै हामीले अन्जु पन्तको साथमा कन्सर्ट गर्न लागेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?