+
+

बीटीएस गायक भी गुगलमा सबैभन्दा धेरै खोजिने एसियाली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते ११:३८

काठमाडौं । दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका एक सदस्य भी गुगलमा सबैभन्दा धेरै खोजिने एसियाली बनेका छन् ।

गुगलका अनुसार सन् २०२२ को जुनसम्म उनलाई सबैभन्दा धेरै सर्च गरिएको छ । फ्यानले उनको व्यक्तित्व र गतिविधिबारे बढी गुगलमा चासो राखेको जनाइएको छ ।

धेरै खोजिनेको दोस्रो स्थानमा पनि बीटीएसकै जङकुक छन् । हालै हत्या गरिएका भारतीय गायक सिद्धू मुसेवाला तेस्रो, दक्षिण कोरियाली गायक जिममिन चौथो र लता मंगेशकर पाँचौं स्थानमा छन् ।

ब्ल्याकपिंक ब्यान्डकी गायिका लिसा छैटौं, सातौंमा कट्रिना क्याफ, आठौंमा आलिया भट्ट, नवौंमा प्रियंका चोपडा र दशौंमा विराट कोहली छन् । टपटेनमा दक्षिण कोरिया र भारतीय सेलिब्रिटीको दबदबा छ ।

रुचि र चासोका आधारमा प्रयोगकर्ताले सर्च गर्ने गरेका छन् । तर वर्षको अन्तिम सम्ममा यो सूचीमा हेरफेर हुनसक्छ । निर्विवाद के छ भने सूचीमा भारत र दक्षिण कोरियाका स्टारको दबदबा हुनेछ । उत्कृष्ट १०० मा कुनै पनि नेपालीभाषी र नेपाली सेलिब्रिटीले स्थान बनाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?