+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त टेकुबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १३:५६

१६ असार, काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका -५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका -८ बस्‍ने ४२ वर्षीया विष्णुमाया योञ्जन रहेकी छिन् ।

उनलाई सीआईबीको टोलीले काठमाडौंको टेकुबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र ७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै योञ्जनले २०७७ साल फागुन १३ गते पीडितलाई रकम भुक्तानी गर्नका लागि एनएमबी बैंक लिमिटेडको चेक काटेका थिए ।

पक्राउ परेका उनीलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्‍यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?