+
+

चेक अनादर विगो मुद्दाका फरार अभियुक्त बालुवाटारबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १४:२५

१६ असार, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका -९ घर भई ललितपुरको पुल्चोक बस्‍ने ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते उनीविरुद्ध चेक अनादर विगो मुद्दामा १ करोड २० लाख र चेक जारी भएको मितिदेखि भरीभराउ मितिसम्‍म कानुन बमोजिम ब्‍याज दिने ठहर गरेकोमा उक्त विगो नभराइ फरार भएपछि २ वर्ष थुनामा राख्‍ने फैसला सुनाएको थियो । तर उनी फरार भएका थिए ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?