+
+

राप्रपा बन्यो अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको पूर्ण सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १६:१३

१६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डेमोक्रेटिक पार्टीका अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आईडीयू) को पूर्ण सदस्य बनेको छ । विश्वभरिका विभिन्न ८४ देशका विभिन्न राजनीतिक दलले आईडीयूको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित रहेका छन् ।

यसअघि नेपालबाट आईडीयू फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आइरहेको राप्रपाले झन्डै डेढ दशकपछि आईडीयूको पूर्ण सदस्यता प्राप्त गरेको हो । जर्मनको बर्लिन शहरमा जुन २६ देखि २९ गतेसम्म चलेको आईडीयूको फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आईडीयूका अध्यक्ष, क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट आईडीयूको पूर्ण सदस्यताको प्रमाण पत्र लिएका थिए । बर्लिनमै भएको अन्तर्राष्ट्रिय डेमोक्रेटिक युवा युनियनको बैठकमा राप्रपाका केन्द्रीय सदस्य तथा आइवाइडीयूका उपाध्यक्ष हिकमतजङ्ग कार्की सहभागी भएका छन् ।

आईडीयू फोरम बैठकका क्रममा युरोप पुगेका उपाध्यक्ष गुरुङ जर्मनी, नेदरल्यान्डस्, अष्ट्रिया, बेल्जियम र स्वीटजरल्याण्डमा हुने पार्टी निकट प्रवासी नेपाली एकता समाजको विभिन्न कार्यक्रममा सहभागी हुनेछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?