+
+

११ महिनामा १ अर्ब २३ करोडको मास्क आयात

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १९:५०

१६ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणउन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ । तर, मास्क आयातको परिमाण भने सानो छैन ।

नेपालले चाल आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

मास्क आयात गतवर्षको यसै अवधिको तुलनामा कम हो । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क आयात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट ११ लाख ८९ हजार गोटा मासक निर्यात पनि भएको छ । करिब १० लाख ८१ हजार मूल्यको मास्क निर्यात भएको हो । मास्कमा मात्रै नेपालको व्यापार घाटा १ अर्ब २२ करोड ७० लाखभन्दा बढी छ ।

गत वर्ष यसै अवधिमा नेपालबाट ४ करोड २१ लाख मूल्यको ११ लाख ९१ हजार मास्क निर्यात भएको थियो ।

कोरोना महामारी सुरु भएपनि नेपालमा मास्कको आयात ह्वात्तै बढेको थियो । नेपालमै पनि मास्क उत्पादन हुन थाले पनि विदेशबाट हुने मास्क आयात अपेक्षा अनुसार घटन नसकेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा चीन, भारत, दक्षिण कोरिया, बंगलादेश, अमेरिका, बेलायत, थाइल्यान्ड, स्वीटजरल्यान्ड लगायतका देशबाट मास्क आयात हुने गरेको छ ।

यो वर्ष ११ महिनाको अवधिमा फेस मास्क उत्पादन गर्ने २१ वटा मेसिन नेपाल भित्रिएको छ । ३ करोड २४ लाख ३६ हजार मूल्यका मेसिन आयात भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?