+
+

पाकिस्तान फुटबलमाथिको प्रतिबन्ध फिफाले हटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १२:१९

१७ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।

फिफाले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिफा काउन्सिल ब्यूरोले पाकिस्तान फुटबल फेडेरसन (पीएफएफ)माथिको प्रतिबन्ध हटाइएको जनाएको छ ।

फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमाथि तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

पीएफएफको नर्मलाइजेसन कमिटीले कार्यालयको पूर्ण नियन्त्रण फिर्ता लिएको र यसको आर्थिक व्यवस्थापन गर्ने स्थितिमा रहेको पुष्टि गरेपछि यो निर्णय गरिएको फिफाले जनाएको छ ।

यस्तै फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएमा र अनुचित किसिमको हस्तक्षेप भएमा फेरि प्रतिबन्ध लगाउने चेतावनी पनि दिएको छ ।

प्रतिबन्ध हटेपछि अब पाकिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

नर्मलाइजेसन कमिटीलाई ३० जुन २०२२ सम्म आफ्नो काम पूरा गर्न समयसिमा दिइएकोमा त्यो यथार्थपरक नभएकोले फिफा ब्यूरोले त्यसलाई एक वर्षपछि अर्थात ३० जुन २०२३ सम्म बढाउने निर्णय गरेको छ ।

जसले गर्दा नर्मलाइजेसन कमिटीले तोकिएको कार्यहरू पूरा गर्न् फिफाले जनाएको छ ।अब नर्मलाइजेसन कमिटीको काम पीएफएफको निर्वाचन गर्ने र फुटबल गतिविधि फेरि सुरु गर्ने रहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?