+
+

संघीयताको स्वरूप सही छैन, परिवर्तन गरौं : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १३:४१

१७ असार, सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको वर्तमान स्वरुप परिवर्तन गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने उनको तर्क छ ।

पार्टीको अन्तक्रिया कार्यक्रममा सहभागी हुँन सुर्खेत आएका अध्यक्ष थापाले शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै वर्तमान अवस्थाको संघीयता सही नभएको बताएका हुन् । प्रदेश संरचनाको कुनै औचित्य नभएको उनको दाबी छ ।

‘संघीयताको वर्तमान स्वरूप परिवर्तन गर्न आवश्यक छ । प्रदेश संरचना खर्चिलो भयो, यस्को औचित्य पनि छैन । स्थानीय तहलाई बलियो बनाउँ । देशमा दुई तहको संघीयता आवयम छ,’ अध्यक्ष थापाले भने ।

अध्यक्ष थापाले बाह्य शक्तिको प्रभाव र धर्म परिवर्तनको डढेलोले सिंगो देशनै संकटमा पर्ने दाबीसमेत गरे । ‘विश्वमा सबैभन्दा बढी धर्म परिवर्तन हुने देशमा नेपाल परेको छ । धर्म परिवर्तनको डढेलोले हिन्दु राष्ट्रको दियो निभ्न दिनुहुँदैन । यसलाई समयमै नियन्त्रण गर्न आवश्यक छ,’ अध्यक्ष थापाले भने ।

नेपालमा करोडौं लगानी गरेर धर्म परिवर्तन गर्ने काम भइरहको अध्यक्ष थापाले बताए । लाखौँको दरले धर्म परिवर्तन हुँदा पनि सरकारले ध्यान नदिएको उनको ठहर छ । ‘म सरकारसँग माग गर्दछु, यसलाई समयमै रोकौँ । त्यसो नगरिए देशनै संकटमा पर्ने खतरा छ’ अध्यक्ष थापाले भने ।

थापाले राजसंस्था पुर्नस्थापना हुन नसक्ने भएकाले जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिँडेको बताए । थापाले आफ्नो पार्टीले थालेको अभियान र समग्र राष्ट्रिय राजनीतिको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?