+
+

रामायण सर्किटले दुई देशको सम्बन्ध मजबुत बनाउँछ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १५:१९

१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई स्थलमार्गबाट जोड्ने रामायण सर्किटले नेपाल–भारतको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । रामायण सर्किटले नेपाल र भारतमा धार्मिक पर्यटनको प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका हुन् ।

बिहीबार मन्त्रालयमा भारतीय दूतावासकी मिसन उपप्रमुख नाग्मग्या सी खम्पासँगको भेटमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । भेटमा नेपाल–भारतका हवाई सेवासम्बन्धी अन्य विषयमा पनि छलफल भएको थियो । खम्पाले मन्त्री श्रेष्ठलाई कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।

सो भेटमा मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम क्षेत्रबाट प्रवेश बिन्दु उपलब्ध गराउने विषयमा छलफल गरी निष्कर्ष निकाल्न नेपाल–भारतबीच संवाद गर्नुपर्ने बताए ।

महेन्द्रनगर, नेपालगञ्ज र भैरहवाबाट हवाई प्रवेश बिन्दु उपलब्ध गराउन आवश्यक छलफल गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । भेटमा दुई देशको पर्यटन प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो । सांस्कृतिक, साहसिक तथा खेल पर्यटन प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?