
१९ असार, काठमाडौं। भारतीय टेष्ट टिमका कार्यवाहक कप्तान जसप्रित बुमराहले इंग्ल्याण्डका स्टुअर्ट ब्रोड विरुद्ध एकै ओभरमा ३५ रन प्रहार गर्दै नयाँ कीर्तिमान बनाए ।
बर्मिङघहममा भइरहेको पाँचौ टेष्ट अन्तर्गत पहिलो इनिङ्समा बुमराहले ब्रोडको एकै ओभरमा ३५ रन जोडे । टेष्ट क्रिकेटमा बुमराहले कीर्तिमान बनाउँदा ब्रोडले भने अर्को खराब ओभर बलिङ गरे ।
पहिलो सात बलमा बुमराहले कुनै रन जोड्न सकेका थिएनन् । तर त्यसपछि ब्रोडको ओभरमा उनले बाउन्ड्री वर्षा गरे ।
बुमराहले ब्रोडलाई वाइड र नो बल सहित कूल ३५ रन प्रहार गरे । उक्त ओभरमा बुमराहले चार चौका र दुई छक्का प्रहार गरेका थिए । एक छक्का भने नो बलमा आएको थियो । बुमराहले १६ बलमा अविजित ३१ रन बनाए ।
ऋषव पन्तको १४६ र रविन्द्र जडेजाको १०४ रन मद्दतमा भारतले पहिलो इनिङ्समा ४१६ रन बनाएको थियो । पहिलो दिनै ब्याटिङ गरेको इंग््लयाण्डले ५ विकेट गुमाइसकेको छ भने ८४ रन जोडेको छ ।
टेष्ट क्रिकेटमा अहिलेसम्म यसअघि एइकै ओभरमा सर्वाधिक २८ रन बनेको थियो । वेष्ट इन्डिजका ब्रायन लारा, अष्ट्रेलियाका जर्ज वेली र दक्षिण अप्रिकाका केसव महाराजले एकै ओभरमा समान २८ रन प्रहार गरेका थिए ।
ब्रोडले टी २० पनि यसअघियसअघि यस्तै खराब कीर्तिमान बनाएका थिए र त्यसमा जोडिएका ब्याटर पनि भारतकै थिएन । सन् २००७ को टी २० विश्वकपमा ब्रोडलाई नै भारतका युवराज सिंहले ६ छक्कासहित ३६ रन प्रहार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4