+
+

राहदानी विभागविरुद्ध युवा संघको प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असार १९ गते १३:०९

१९ असार, काठमाडौं । राहदानी (पासपोर्ट) वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ ।

आज बिहान जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको गेट अगाडि भेला भएर प्रदर्शन गरे ।

प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

हेर्नुस् तस्वीरहरु : 

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?