+
+

जाभीका लागि उपाधि जित्ने बार्सिलोना बनाउन लापोर्टा तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १३:३७

१९ असार, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले बार्सिलोनालाई पुनः उपाधि जिताउने टिम बनाउने विश्वास व्यक्त गरेका छन् ।

लापोर्टाले २०२२(२३ को सिजनमा प्रशिक्षक जाभी हर्नान्डेजका लागि प्रतिस्पर्धात्मक टोली निर्माण गरिदिनेछन् । जसले हरेक प्रतियोगितामा उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्ने उनको विश्वास छ । यसका लागि अबको दुई(तीन सातामै अनुबन्धन प्रक्रियाहरु सम्पन्न गरिनेछ ।

प्रशिक्षक जाभीले त्यस्ता खेलाडी भित्र्याउन चाहेका छन् जसले क्लबमा फरक पार्न सकोस् । तर, उनले अनुबन्ध गर्न चाहेका खेलाडीका लागि केही धैर्य गर्नुपर्नेछ । विशेष गरी रोवर्ट लेवान्डोस्की । जसलाई क्बले मुख्य प्राथमिकतामा राखेको छ र त्यत्तिकै ठूलो रमक पनि छुट्याउनुपर्नेछ ।

बार्सिलोनाले क्लबको ला लिगाका लागि क्लबको टेलिभिजन प्रशारण अधिकारको १० प्रतिशत शेयर २५ वर्षका लागि सिक्थ स्ट्रिटलाई बेच्ने सहमती गरेको छ । त्यसवापत सिक्थ स्ट्रिटले सुरुवातमा २०७.५ मिलियन युरो भुक्तानी गर्नेछ ।

यो प्राप्त भएपछि बार्सिलोनाको आर्थिक अवस्थामा राहत हुनेछ र २०० मिलियन टिम पुनर्निर्माणका लागि खर्च गरिनेछ । त्यसपछि जाभीले पनि चाहेको खेलाडी अनुबन्ध गर्न फण्ड पाउनेछन् ।

बार्सिलोनाले अग्रपंक्तिमा लेवान्डोस्कीलाई भित्र्याउन चाहेको छ । जर्मन क्लब बायर्न म्युनिकमा एक वर्षको सम्झौता बाँकी रहँदै उनले क्लब छाड्न चाहेका हुन् ।

बार्सिलोनाले लिड्स युनाइटेडका रफिन्हालाई पनि भित्र्याउने योजना बनाइरहेको छ । जसलाई चेल्सी र आर्सनलले पनि इच्छा देखाएका छन् ।

यस्तै डिफेन्स पनि बार्सिलोनाको लागि मुख्य चिन्ताको विषय थियो । उपाधि जित्ने टिम बनाउनका लागि जाभीले रक्षापंक्तिमा पनि परिवर्तन चाहेका छन् । सेभियाका जुल्स कुन्डेलाई जाभीले अनुबन्ध गर्न चाहेका छन् । जसको मूल्य करिब ६५ मिलियन युरो छ ।

डिफेन्समा बार्सिलोनाले चेल्सीका मार्कोस अलोन्सो र सेजार एज्प्लिक्एटालाई पनि अनुबन्ध गर्ने योजना बनाइराखेको छ ।

मिडफिल्डमा आन्द्रे क्रिस्टेनसन र फ्रांक केसीलाई बार्सिलोनाले चाँडै अनुबन्ध गर्दैछ । यस्तै जाभीले बर्नान्डो शिल्भालाई पनि चाहेका छन् । तर, म्यानचेष्टर सिटीका यी मिडफिल्डरको मूल्य धेरै छ । फ्रेन्की डी जोङ म्यानचेष्टर युनाइटेडमा गएमा बर्नार्डो शिल्भालाई अनुबन्ध गर्ने सम्भावना धेरै रहनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?