+
+

भारतीय दूतावासले दियो ७५ एम्बुलेन्स र १७ बस उपहार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १३:४६

१९ असार, काठमाडौं । नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी र नाफामुलक संस्थाहरुलाई काठमाडौंस्थित भारतीय दूतावासले बस र एम्बुलेन्स उपहार दिएको छ ।

भारत सरकारको अनुदान सहायता अन्तर्गत ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ ।

बस र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले चाबी प्रदान गरेका थिए ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ कार्यक्रम अन्तर्गत यी एम्बुलेन्स र बस हस्तान्तरण गरेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?