+
+

सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयसँग माग्यो संगीता थोकरलाई सरुवा गर्नुको कारण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १७:३४

१९ असार, काठमाडौं । सर्वोच्च अदालतले जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता संगीता थोकरलाई सरुवा गर्नुको कारण पेश गर्न महान्यायाधीवक्ता कार्यालयको नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चले उनलाई सरुवा नगरी ललितपुरमा राख्नुपर्ने माग रहेको भन्दै त्यसवारे अन्तरिम आदेश जारी हुने कि नहुने भनी छलफल गर्न दुवै पक्षलाई झिकाएको छ ।

बलात्कारको मुद्दा कमजोर बनाउन नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले आफूलाई सरूवा गरेको भन्दै आएकी सरकारी वकिलको कार्यालय ललितपुरमा कार्यरत थोकरले सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन् । थोकरलाई जिल्ला अदालत ललितपुरबाट वागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता कार्यालय हेटौंडामा सरुवा गरिएको थियो ।

बलात्कार मुद्दा दायर गर्ने क्रममा महान्यायाधिवक्ता कार्यालयले दबाव दिएको भन्ने उनको आरोपमाथि  छानबिन गर्न सहन्यायाधिवक्ताको नेतृत्वमा समितिसमेत बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?