+
+

रौतहटमा दुई भारतीय युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १९:३४

१९ असार, रौतहट । रौतहटको नुनथरस्थित बाग्मती नदीमा पौडी खेल्ने क्रममा वेपता भएका दुई युवकको शव फेला परेको छ ।

शनिबार चन्द्रपुर–१ पौराही नुनथरको बाग्मती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकको शव आइतबार प्रहरीले फेला पारेको हो ।

पौडी खेल्ने क्रममा भारत सीतामढी कोट बजार बस्ने वर्ष २४ का मयंक अग्रवाल र वर्ष २१ का रितेश साह बेपता भएका थिए । उनीहरु सँगै पौडी खेल्न बाग्मतीमा पसेका ३० वर्षका सुमन साहलाई शनिबार स्थानीयले उद्धार गरेर सकुशल बाहिर निकाले पनि दुई जना हराएका थिए ।

वेपत्ता भएकाहरुको खोजी कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल हिजोदेखि नै खटिए पनि आइतबार दिउँसो उनीहरुको शव चन्द्रपुर र वृन्दावन नगरपालिकाको सिमाना इलाकामा बलेरीखोर जंगल नजिकै बाग्मती नदी किनारमा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बीआर ०१ एफ ६६१९ नम्बरको भारतीय गाडी लिएर नुनथर क्षेत्र घुम्न आएका तिनै जना नदीमा रमाइलो गर्दै पौडी खेल्न पसेका थिए । बेपत्ता भएका दुवै भारतीय युवकको शव घटनास्थलबाट १५ किलोमिटर दक्षिणतर्फ फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?