+
+

जनप्रतिनिधि आउँदाको वीरगञ्जको स्थिति देखाउँदै महानगरले ल्यायो श्वेतपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते २०:५९

१९ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आईतबार श्वेत पत्र २०७९ जारी गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले महानगर सम्हाल्दाको अवस्था नगरबासीलाई चित्रण गराउन श्वेतपत्र जारी गरेको मेयर राजेशमान सिंहले बताए ।

सिंहसहित, उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल र श्वेतपत्र २०७९ तर्जुमा समितिका संयोजक डा. दिपेन्द्रकुमार चौधरीले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

‘कम्तीमा वीरगञ्जका ठूला परियोजनाहरु ल्याण्डफिल्ड साइट, बसपार्क, पानी प्रशोधन केन्द्र, सरसफाइको विषयमा के कस्तो स्थिति छ त्यो श्वेतपत्र मार्फत देखाउन खोजेका हौं । साढे ९ करोड रुपैयाँ सरसफाइमा मात्रै तिरिरहेका छौं,’ मेयर सिंहले भने, ‘ल्याण्डफिल्ड साइट हेर्नुस, ठेकेदारले हस्तान्तरण गरेको एक वर्ष मात्रै हुन लाग्यो । पूर्वाधारको अवस्था कस्तो छ ? त्यो काम गर्न गएको खण्डमा पूर्वाधार थेग्न सक्छ कि सक्दैन ?’

निवर्तमान मेयर विजयकुमार सरावगीले वीरगञ्जमा व्यक्तिगत स्वार्थका लागि सडक बनाएको आरोप पनि उनले लगाए ।

पूँजीगत बजेटमा विद्यावारिधी गरेका अर्थविद् डा. चौधरीको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले महानगर शाखाहरुमा रहेको तथ्यांकको आधारमा श्वेत पत्र तयार पारेको हो । ‘समस्या समाधान गर्न तयार पारिएको श्वेत पत्र हो । पहिलो कार्यकालको यथास्थिति चित्रण यसले गर्छ’, डा. चौधरीले भने । महानगरपालिकाको जेठ २३ गते बसेको पहिलो बोर्ड बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो ।

स्वेतपत्रको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?