२० असार, विराटनगर । कोशी अस्पताल विराटनगरले अस्पतालकाे नाम दुरुपयाेग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्न प्रशासनलाई पत्र काटेको छ ।
कोशी अस्प्तालका चिकित्सकले अस्पतालको नाम बोर्डमा राखेर अस्पताल बाहिर क्लिनिक सञ्चालन गरेपछि अस्पतालले कारवाही गर्न प्रशासनलाई पत्र काटेको हो ।
निजी क्लिक सञ्चालन गरेका कारण चिकित्सकहरू अस्पताल ढिलो आउने र चाडै जाने गरेको गुनासो आएपछि अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले जिल्ला प्रशासन कार्यालय मोरङमा अनुसन्धान गरी कारवाहीका लागि पत्र पठाएका हुन् ।
असार १९ गते मेसुले प्रशासनलाई लेखेको पत्रमा लेखिएको छ ‘कोशी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखी बाहिर निजी क्लिनिक सञ्चालन गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक कारवाही हुनका लागि अनुरोध छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4