+
+

शान्ति प्रक्रिया टुंग्याएर जस लिनुस्, हामी सहयोग गर्छौं : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १६:३१

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन सरकारले गर्ने पहलमा एमालेको सहयोग रहने बताए । आफूले प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न खोज्दा एमालेले जस लिने भयो भनेर रोकिएको उनको दाबी छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘खै संक्रमणकालीन न्याय ? हिजो हामीले केही गर्न खोज्दा एमालेले जस लिन्छ भनेर केही गर्न नदिने ? अहिले आफैँ सरकारमा हुनुहुन्छ । आफैं जस लिनुस न, जस लिने गरी काम गर्नु प्रतिपक्षी सहयोग गर्न तयार छ ।’

अध्यक्ष ओलीले तत्कालिन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म गरेको सशस्त्र युद्ध नक्कली सपना र झुट भएको टिप्पणी पनि गरे । नक्कली सपना देखाएर नेतृत्वले सशस्त्र युद्ध गरेको भएपनि युद्धमा होमिनेहरुको गल्ती नरहेको उल्लेख गर्दै उनले उनीहरुको समस्या समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

‘सपना नक्कली थियो, झुट थियो । तैपनि त्यसमा सामेल भएका, मृत्यु भएका, घाइते, वेपत्ताका परिवारले पाइरहेका दुख हेर्नु पर्छ कि पर्दैन ?’ ओलीको प्रश्न छ, ‘ आफूलाई त्यस ठाउँमा ल्याइपुर्‍याउने लडाकुहरुका समस्या बिर्सने ? अहिले पनि पीडित छन् । शान्ति प्रक्रिया टुंग्याउनुपर्दैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?