+
+

फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागूऔषधसहित युवक पक्राउ

प्रहरीले फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १९:५७

२० असार, काठमाडौं । प्रहरीले फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-९ रामपुर बस्‍ने २४ वर्षीय इन्ताज अन्सारी रहेका छन् ।

सोमबार १२ बजेको समयमा कलैयाबाट काठमाडौं आउँदै गरेको ना १ ज ५९५८ नं.को टाटा सुमोलाई चेकजाँ गर्ने क्रममा उनको झोलाबाट लागू औषधहरु फेला परेपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट १९२ एम्पुल डाइजेपाम, १९९ एम्पुल नूफिन र १९९ एम्पुल फेनेरगन गरी जम्‍मा ६९० एम्पुल लागूऔषध बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त किर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?