+
+

माओवादीको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते ९:१२

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको तीन दिने केन्द्रीय समिति बैठक आज सकिंदै छ । प्रज्ञा भवन कमलादीमा आज बिहान ११ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज/अध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए ।

तर अहिले स्थायी कमिटी र पोलिटव्युरो मात्र टुंगो लगाएर केन्द्रीय समिति बैठक सम्पन्न गर्ने तयारी रहेको एक नेताले बताए ।

अध्यक्ष प्रचण्डले पहिलो दिनको बैठकमा राखेको नौ एजेण्डाहरुमा पदाधिकारी, स्थायी कमिटी र पोलिटव्युरो पनि गठन गर्ने उल्लेख थियो । तर पदाधिकारीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा नेताहरुबीच हानथाप भएकाले अध्यक्ष प्रचण्डले निर्णय गर्न सकेका छैनन् ।

महासचिवमा आकांक्षीहरु धेरै भए पनि वर्षमान पुन र जनार्दन शर्मा प्रमुख दाबेदार छन् । ‘खासगरी महासचिवमा कुरा नमिलेकाले पदाधिकारी पछि टुंगो लगाउने सम्भावना छ,’ अध्यक्ष प्रचण्ड निकट एक नेताले भने ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशन अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिंदै सम्पन्न भएको थियो । तर अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन । आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?