२१ असार, काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग पहिलो एक दिवसीय खेल खेल्दै छ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
यो खेल क्यानडाको किङग सिटीमा रहेको मेपल लिफ क्रिकेट मैदानमा हुनेछ ।
यसअघि ओन्टारियो क्लबसँग खेलको दुई वटै अभ्यास खेल नेपालले जितेको थियो । दोश्रो एक दिवसीय खेल बुधबार हुने छ
आईसीसी क्रिकेट विश्वकप लिग टूमा स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक शृंखला खेल्नु अघि अभ्यासका लागि नेपाली टिम क्यानडा गएको हो ।
क्यानडामा दुई वटा खेलको एक दिवसीय शृंखला खेलेर नेपाल उतैबाट स्कटल्याण्ड जाने छ । जहाँ उसले स्कटल्याण्डसँग दुई र नामिबियासँग दुई गरी चार वटा खेल खेल्ने छ ।
नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।
लिग टू अंक तालिका :
प्रतिक्रिया 4