+
+

विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १४:२८

२१ असार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् ।

काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन् ।

‘जुटमिलमा एउटा १४ कठ्ठाको बिल्डिङ छ त्यसलाई म्यूजियमको रुपमा बनाऔँ । त्यहाँ यस्ता सामग्रीहरु छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न । विदेशबाट त्यो बेलामा ल्याएको सामग्री अहिलेसम्म त्यहाँ यथावत छ । हामीले म्यूजियम बनायौँ भने यो नेपाली काँग्रेसको एउटा ठूलो इतिहास बन्नसक्छ,’ उनले भने, ‘अहिले प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुहुन्छ, उहाँले त्यसलाई संग्रहालयको रुपमा अघि बढाउनु हुनेछ भन्ने चाहना छ । ऐतिहासिक सामग्रीहरु छन् । यसलाई छिटोभन्दा छिटो अघि बढाउँ ।’

नेतृ कोइरालाले नेपाली कांग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?