+
+

पुनरागमन जितसहित जोकोभिच सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते ९:५६

२२ असार, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले जानिक निसरमाथि पुनरागमन जित निकाल्दै विम्बलडन ओपनको सेमिफाइनलमा स्थान बनाएका छन् ।

सेन्टर कोर्टमा मंगलबार राति भएको खेलमा सर्वियन खेलाडी जोकोभिचले सुरुआती दुई सेट गुमाएपछि त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारे ।

दशौं वरीयताका २० वर्षीय इटालियन सिनरले जोकोभिचलाई कडा टक्कर दिए पनि जोकोभिचले पछिल्ला तीन सेटमा उत्कृष्ट प्रदर्शन गरे ।

३५ वर्षीय जोकोभिचले सिनरलाई ५-७, २-६, ६-३, ६-२, ६-२ ले पराजित गरे । साविक विजेता समेत रहेका जोकोभिचले अब फाइनल पुग्नका लागि ब्रिटेनका क्यामरुन नोरीसँग खेल्नेछन् ।

क्यामरुन नोरीले अर्को क्वाटरफाइनलमा नवौ वरियताका डेभिड गोफिनलाई पाँच सेटको खेलमा पराजित गरे । २६ वर्षीय नोरीले गोफिनलाई ३-६, ७-५, २-६, ६-३, ७-५ ले पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?