+
+

सारा अभिनित ‘गुञ्जन’ पुस २९ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १२:४५

काठमाडौं । कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको सारा श्रीपाइली अभिनित फिल्म ‘गुञ्जन’को प्रदर्शन मिति तय भएको छ ।

निर्देशक अष्ट महर्जनका अनुसार आगामी पुस २९ गते प्रदर्शन गर्ने तयारी छ । वितरण कम्पनी एफडी र जीजीए समूहले फिल्मको वितरण अधिकार खरिद गरेका छन् ।

नेपाल र यूएईको दुबईमा छायांकन गरिएको फिल्ममा कबीर खड्का र प्रितमराज सेन्चुरीको समेत अभिनय छ । सांगीतिक प्रेमकथामा आधारित फिल्म एक्सन कोरियोग्राफर समेत रहेका महर्जन निर्देशित डेब्यु निर्देशकीय फिल्म हो ।

अनलाइनखबरसँग कुरा गर्दै निर्देशक महर्जनले अहिलेसम्म एक्सन कोरियोग्राफरको रुपमा काम गर्दा बटुलेको अनुभवलाई निर्देशन कार्यमा प्रयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?