+
+

हिमालयन र सिभिल बैंकबीच जुट्यो मर्जर सहमति, हिमालयनले बोलायो बोर्ड बैठक

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने सहमति जुटेको छ । केही साता अगाडि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ गरेर डकुमेन्ट आदान प्रदान गरेका दुई बैंकबीच मर्जरमा जाने सहमति भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १९:२०

२२ असार, काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने सहमति जुटेको छ । केही साता अगाडि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ गरेर डकुमेन्ट आदान प्रदान गरेका दुई बैंकबीच मर्जरमा जाने सहमति भएको हो ।

सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) मा सहमति भएसँगै बैंकको नाम सञ्चालक समिति, कर्मचारी समायोजना लगायतका विषयमा पनि सहमति गरेर जाने तयारी भइरहेको एक बैंकका सञ्चालकले बताए ।

‘स्वाप रेसियोमा सहमति भएको छ, अन्य विषयहरुमा छलफल भइरहेको छ, एक दुई दिन भित्र सबै कुरा मिलाएर प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘सिभिल बैंकका १०० कित्ता सेयर मर्जरपछि बन्ने बैंकमा ८१ कित्ता अथात् १००ः८१ को स्वापमा मर्जर जाने सहमाति भएको छ ।’

मर्जरमा जाने सहमति जुटेसँगै हिमालयन बैंकले सञ्चालक समितिको बैंठक बोलाएको छ भने सिभिल बैंकका सञ्चालक समितिको बैंठक भने अनिश्चित रहेको छ । हिमालयन बैंकले बिहीबार बिहान १० बजेको लागि सञ्चालक समितिको बैंठक बोलाएको एक सञ्चालकले बताए ।

‘मर्जरको विषयमा छलफल गर्न बिहीबार बिहान सञ्चालक समितिको बैंठक बोलाएका छौं, बैंठकले स्वीकृत दिएपछि मर्जरको सम्झौता गर्ने बाटो खुल्नेछ’ ती सञ्चालकले भने ।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो । १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भएपनि हिमालयन बैंकको साधारणसभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।

उक्त मर्जर प्रक्रिया असफल भएपछि नेपाल इन्भेष्टमेन्ट बैंंकले मेगा बैंकसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । हिमालयन बैंकले पनि सिभिल बैंकसँग सम्झौता गर्न तयारी गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक विधेयकमा मर्जर तथा प्राप्ति प्रक्रियामा समेल हुने बैंकलाई दिंदै आएको लाभांश कर र सेयरधनीले पाउने पूँजीगत लाभकर छुटको व्यवस्था हटाएका थिए । यससँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि २२ जेठमा वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्षलाई बोलाएर हाल दिंदै आएको सहुलियत असार मसान्तपछि प्रारम्भिक सम्झौता गर्ने बैंकले नपाउने भएपछि पछिल्लो समय वाणिज्य बैंकहरुबीच मर्जरको छलफलसँगै सम्झौता गर्ने क्रम बढेको छ ।

२०७९ असार मसान्तमा सम्झौता गरेर २०८० असार मसान्तभित्र एकीकृत कारोबार गर्ने बैंकले उक्त छुट पाउने भएकोले पनि यतिबेला वाणिज्य बैंकहरुले मर्जरलाई प्राथमिकता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?