+
+
Shares

सिंहध्वाका दरबार पुनःनिर्माण मल्लकालीन शैलीमै बनाउन माग

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै तत्काल पुनःनिर्माण गर्न माग गरेका छन् ।

रासस रासस
२०७९ असार २२ गते १९:००

२२ असार, काठमाडौं ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै तत्काल पुनःनिर्माण गर्न माग गरेका छन् ।

नगर प्रमुख प्रजापतिले आज पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ५५ झ्याले दरबारसँगै जोडिएको सिंहध्वाखा दरबार पुनःनिर्माण गर्दा सङ्कलन भएका पुराना प्रमाणका आधारमा मल्लकालीन शैलीमा नै पुनःनिर्माण कार्य तत्काल अगाडि बढाउन आग्रह गरेका हुन् ।

महाभूकम्पले क्षति पुर्‍याएको दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन उनले निर्देशक गौतमलाई लिखितरुपमा पत्र दिएरै आग्रह गरेका हुन् ।

भक्तपुर नपा वडा नं ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिरभित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न भक्तपुरलाई उक्त मूर्ति फिर्ता पठाउन पनि उनले आग्रह गरे ।

महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न युनेस्को प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताए ।

यसको पुनःनिर्माण अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको उनको भनाइ थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?