+
+

धनगढीमा विद्यार्थी लक्षित बैंकिङ शिक्षा कार्यक्रम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १९:०७

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे सहभागीहरुलाई जानकारी गराए । प्रजापतिले अन्य प्रदेशको तुलनामा डिजिटल बैंकिङको प्रयोगकर्ता कम रहेको भन्दै यसको प्रयोगमा जोड दिए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले वित्तीय साक्षरता समाजका सबै तह र तप्काका मानिसलाई आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई बैंक खाता खोल्न र बचत संस्कारको सुरुवात गर्न प्रोत्साहन गरे ।

नबिल बैंक धनगढी शाखा प्रबन्धक तेज भट्टले बैंक तथा वित्तीय संस्थाले दिने सेवा, सुविधाबारे जानकारी गराए । उनले वित्तीय रुपमा साक्षर हुँदाका अनेकौं फाइदा रहेको भन्दै सानै उमेरदेखि यसबारे जानकारी लिन आग्रह गरे ।

प्रदेश प्रहरी कार्यालयका डीएसपी जगदीश डाँगा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र साउदले वित्तीय कारोबार तथा डिजिटल बैंकिङ कारोबारबारे जोखिम पनि हुने भएकोले सचेत भएर प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना, कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले बिद्यार्थीहरुले वित्तीय साक्षरताका लागि अध्ययनमात्र गरेर नहुने भन्दै यसको व्यवहारिक प्रयोगमा जोड दिए ।

कार्यक्रममा करिब ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?