+
+

हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १३:१०

२३ असार, काठमाडौं । गैरआवासिय नेपाली संघ अन्तर्गतको विश्व स्वास्थ्य समितिले हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन आग्रह गरेको छ । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा देखा परेको हैजा संक्रमणबारे आपतकालीन बुलेटिन प्रकाशित गर्दै स्वास्थ्य समितिले यस्तो आग्रह गरेको हो ।

डाक्टरहरु सञ्जीव सापकोटा, सागर पौडेल, प्रभात अधिकारी, प्रकाश श्रेष्ठ र शिवप्रसाद श्रेष्ठको परामर्शमा तयार पारिएको स्वस्थ्य बुलेटिनमा हैजा अति संक्रामक झाडापखला भएको उल्लेख छ । संक्रामक व्यक्तिको दिसाबाट बाहिरी वातावरण हुँदै खाना र पानीको माध्यमबाट स्वस्थ मानिसमा रोग सर्ने भन्दै चिकित्सकहरुले व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरण राख्न सबैले काम गर्नु पर्ने औंल्याएका छन् ।

‘हैजा भिब्रियो कोलेरा प्रजातिको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखला रोग हो,’ चिकित्सकहरुले भनेका छन्, ‘यो रोग सीमित व्यक्तिबाट दिसाको माध्यमबाट वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट फैलिन्छ ।’

रोग संक्रमण पछि लक्षणका रुपमा पातलो चौलानी पानी जस्तो दिसा देखिने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने, पेट दुख्ने, ज्वरो आउने र असाध्यै तिर्खा लाग्ने हुने चिकित्सकहरुले बताएका छन् ।

आँखा गाडिनु, मुख जिब्रो, घाटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुने पनि बुलेटिनमा उल्लेख छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनुलाई पनि कडा जलविजोजनको लक्षण मानिने उल्लेख छ ।

रोग संक्रमण नियन्त्रणका लागि व्यक्ति र समुदायबाटै काम गरिनु पर्ने भन्दै समितिको बुलेटिनमा वातावरणको बाहिरी सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ । शौचालयमा मात्रै दिशा पिसा गर्न, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्न, दिसा र पिसाव पछि राम्रोसँग मिचिमिचि साबुन पानीले हात धुन, खाना बानाउनु अघि साबुन पानीले हात धुन, पानी सधैं उमालेर, क्लेरिन झोल हालेर र फिल्टर गरेर मात्रै खान पनि समितिले आममानिसलाई सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?