+
+

बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १८:४२

२३ असार, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन् । तर पार्टीले नयाँ नेता चयन नगर्दासम्म उनी नै प्रधानमन्त्री रहनेछन् ।

यौन दुर्व्यवहारमा संलग्न रहेका व्यक्तिलाई नियुक्ति दिएको भन्दै जोनसनको कार्यक्षमतामाथि प्रश्न उठाएउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए । एकपछि अर्को मन्त्रीले संकटमा परेका जोनसनले दलको नेताबाट राजीनामा दिएका हुन् ।

बिहीबार देशबासीलाई सम्बोधन गरेका प्रधानमन्त्री जनसनले दलको नयाँ नेता चयन प्रकिया अब सुरू हुने र त्यसको समय तालिका आगामी साता सार्वजनिक हुने जानकारी दिएका छन् ।

नयाँ नेतालाई समर्थन गर्ने बताएका उनले सम्बोधनको अन्त्यमा भने, ‘जबसम्म नयाँ नेता चुनिने छैन, तबसम्म पदमा रहने छु र जनताको सेवा गर्नेछु ।’

बीबीसीका अनुसार अबका दिनमा कन्जरभेटिभ पार्टीको नेताका लागि प्रतिस्पर्धा हुनेछ र अक्टोबरमा हुने पार्टी सम्मेलले नयाँ प्रधानमन्त्री घोषणा गर्नेछ ।

यसरी सुरू भएको थियो विवाद

यो सबै विवाद सांसद क्रिन्स पिचरलाई डेपुटी चिफ ह्विप बनाएसँगै सुरू भएको थियो । प्रधानमन्त्री जोनसनले उनलाई सरकारी जिम्मवारी दिएकोमा माफी समेत मागेका थिए । तर मन्त्री र सांसदहरूले मानेनन् ।

३० जुनमा द सनले एक रिपोर्ट छापिएको थियो, जसमा कन्जरभेटिभ पार्टीका सांसद पिचरले लण्डनको एक प्राइभेटक क्लबमा २ पुरूषलाई आपत्तिजनक रुपमा छोएको उल्लेख छ । त्यो समाचारका कारणा पिचरले राजीनामा दिए ।

तर त्यसको केही दिनमा पिचरको कथित यौन दुर्व्यवहारको कम्तिमा ६ वटा घटना बाहिर आयो । यो घटनासँग प्रधानमन्त्री जोनसन प्रत्यक्ष जोडिएका छैनन्, तर उनी संकटमा भने परे । किनकी १ जुलाईमा डेपुटी चिफ बनाउनु अघि पिचरमाथि लागेको आरोपबारे जानकारी थिएन । तर ४ जुलाईमा प्रधानमन्त्रीका प्रवक्ताले भने, ‘जोनसनलाई यो आरोपबारे जानकारी थियो, जसलाई सामाधान गरेको वा औपचारिक रुपमा उजुरी परेको छैन भन्ने थाहा थियो ।’

उनले यो पनि भने कि, जोनसनले यो नियुक्त रोक्न आवश्यक ठानेनन्, किनकी आरोप प्रमाणित भएको छैन ।

प्रधाननमन्त्री जोनसनले गल्ती भएको भन्दै माफी मागे । तर विपक्षीसँगै आफ्नै सांसदहरूले आलोचना गरे ।

त्यही विवादमा मन्त्री र सरकारी उच्च अधिकारीहरूले राजीनामा दिएपछि जोनसनले पद छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?