+
+
Shares

क्यान्सर अस्पताल प्रमुखमाथि हातपातको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते २०:५३

२३ असार, चितवन । भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि बिहीबार दिउँसो हातपातको प्रयास भएको छ ।

घाँटीको मेजर अप्रेशन सकेर कार्यकक्षमा फर्किएका डा. गौतममाथि अस्पतालसँग असम्बन्धित व्यक्तिहरुले हातपातको प्रयास गरेका हुन् । उनीहरुले डेढ बर्ष अगाडि कामबाट हटाइएकी एक ज्यालादारी कर्मचारीलाई पुनः काममा फर्काउनुपर्ने र स्थायी गर्नुपर्ने दबाव दिएका थिए । तर आफूले अस्वीकार गरेपछि आक्रमणको प्रयास गरेका डा. गौतमले बताए ।

‘लामो समयसम्म अस्पताल नआउने, आएपछि राम्रो काम नगर्दा ब्यापक कम्प्लेन आएपछि हामीले काममा नआउन भनेका थियौं’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘अहिले दलबलसहित अस्पतालभन्दा बाहिरका मानिस मलाई कुट्ने योजनासहित आएका रहेछन् ।’

डा. गौतम शल्यक्रिया सकेर कार्यकक्ष फर्किए लगत्तै अपशब्द प्रयोग गर्दै कुटपिटको प्रयास गरेको अस्पतालले जनाएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी लिएर पुगेको तर प्रहरी प्रमुख नवराज अधिकारीले अस्पतालभित्रको कुरा अस्पतालभित्रै मिलाउन भनेको अस्पतालका एक अधिकारीले बताए ।

प्रहरी प्रमुखले घटनालाई जिम्मेवार ढंगबाट नलिएको भन्दै अस्पतालको टोलीले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई घटनाको जानकारी गराएको छ ।  प्रजिअ तामाङले घटनाका बारेमा जानकारी लिन शुक्रबार विहान १० बजे कार्यालयमा बोलाएका छन् ।

यसैबीच, घटनाको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल वीपी कोइराला क्यान्सर अस्पताल समितिले घटनाको भर्त्सना गरेको छ ।

जिल्ला समितिका अध्यक्ष डा. सञ्जय पौडेलले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै अस्पतालको कार्यकारी निर्देशक जस्तो जिम्मेवारी व्यक्तिमाथि नियमित काम गरिरहेको बेला कार्यकक्षमा नै हमला हुँदा असुरक्षा बढेको भन्दै दोषी माथि कारवाही गर्न माग गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?