+
+

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ कात्तिक २५ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १२:०७

काठमाडौं । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सोसल-कमेडी ड्रामा फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।

सार्वजनिक फस्टलुकमा जितु र साम्राज्ञी चित्रित छन् । फस्लुकमा दुवै कलाकार विवाह उत्सवको मुडमा देखिन्छन् । ‘छक्कापञ्जा’ सिरिजपछि जितुको यो पहिलो बाहिरी फिल्म हो ।

वरिष्ठ चिकित्सक तथा गीतकार समेत रहेका भोला रिजालका छोरा कपिल रिजालले फिल्म निर्देशन गरेका हुन् । फिल्ममा ‘कबड्डी’ फेम्ड विजय बरालको समेत मुख्य भूमिका छ ।

पर्वत र कास्कीमा छायांकन भएको फिल्मले नेपाली समाजको विवाह संस्कार र त्यसको सामाजिक पक्षलाई प्रस्तुत गर्ने जितुले बताए । उनी अहिले छक्कापञ्जा टिमबाट बाहिरिएपछि पहिलोपटक नयाँ फिल्म निर्माणमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?