+
+

लेवान्डोस्की  भित्र्याउन बार्सिलोनाले गर्‍यो प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १३:०२

२४ असार, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्नका लागि जर्मन क्लब बायर्न म्युनिखसँग प्रस्ताव गरेको छ ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले जर्मन च्याम्पियन्सबाट यस विषयमा सकरात्मक जवाफ आउने आशा राखेका छन् ।

‘हामीले उनका लागि प्रस्ताव गरेका छौँ । हामी जवाफको प्रतिक्षामा छौँ । हामी हेर्दैछौँ यो सकरात्मक हुनेछ’, लापोर्टाले बिहीबार भनेका थिए ।

३३ वर्षीय पोलिस फरवार्ड लेवान्डोस्कीले सन् २०१४ देखि बायर्नबाट खेल्दै आएका छन् । तर उनले गत मेमा बायर्नमा छाड्न चाहेको बताएका थिए । बायर्नमा अझै उनको एक वर्षको सम्झौता बाँकी नै छ ।

बार्सिलोना अध्यक्ष लापोर्टाले प्रस्ताव बारे विस्तृतमा बताएका छैनन् तर लेवान्डोस्कीका लागि बोनससहित ३८ मिलियन पाउण्डको प्रस्ताव गरिएको बीबीसीले जनाएको छ ।

लेवान्डोस्कीले बायर्नमा ८ वर्ष बिताउँदा २५२ खेलमा २३८ गोल गरेका छन् । यस्तै ८ बुण्डेसलिगा उपाधि र च्याम्पियन्स लिग पनि जितेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?