+
+

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १३:३७

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको विवाह भएको हो ।

वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए ।अरुलाई भने प्रवेश दिइएको थिएन ।

चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?