+
+

पूर्वमन्त्री शेर्पा सवार कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १६:५१

२४ असार, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।

शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी विमलराज कडेँलले बताए ।

शेर्पा सवार कारमा आदिवासी जनजाति महासंघका  पूर्वमहासचिव पेम्बा गुरुङ,  पूर्वकेन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ ।

पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट नदेखिएको एसपी कँडेलले जनाए । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको उनको भनाइ छ । घाइतेको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।

उनीहरु आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?