
२४ असार, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ ।
शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी विमलराज कडेँलले बताए ।
शेर्पा सवार कारमा आदिवासी जनजाति महासंघका पूर्वमहासचिव पेम्बा गुरुङ, पूर्वकेन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर छ ।
पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट नदेखिएको एसपी कँडेलले जनाए । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको उनको भनाइ छ । घाइतेको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।
उनीहरु आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4