+
+

नयाँ प्रशिक्षकले डोनारुम्मालाई छान्दा पीएसजीमा गोलरक्षक नाभासको भविष्य अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १६:५९

२४ असार, काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)का नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले जियानलुजी डोनारुम्मालाई पहिलो रोजाईको गोलरक्षकको रुपमा छानेका छन् । यस निर्णयले अर्का गोलरक्षक केइलर नाभासको भविष्य भने अनिश्चित बनेको छ ।

इटालियन गोलरक्षक डोनारुम्मा गत समरमा एसी मिलानबाट फ्री ट्रान्सफरमा पीएसजी पुगेका थिए । त्यसपछि गत सिजन डोनारुम्बा र नाभासको काम बाँडिएको थियो ।

फ्रान्सेली अखबर एल इक्विपेका अनुसार यस सिजन त्यो परिवर्तन हुनेछ । गाल्टियर र नयाँ फुटबल सल्लाहकार लुइस काम्पोस २३ वर्षीय डोनारुम्मबालाई खेलाउन तयार छ । उता नाभास भने डिसेम्बरमा ३६ वर्ष लाग्दैछन् ।

माउरिसियो पोचेटिनो प्रशिक्षक रहँदा गत सिजन दुवै गोलकिपरलाई अवसर दिएका थिए । कोही पनि पहिलो रोजाईको गाेलरक्षक भन्ने थिएन । नाभासले २६ खेल खेल्दा डोनारुम्माले २३ खेल खेले ।

बिहीबार गाल्टिएरको परिचयात्मक पत्रकार सम्मेलनमा उनले आफूले पहिलो रोजाईमा खेल्ने निश्चित खेलाडी चाहेको बताएका थिए । फ्रेन्च महारथी पीएसजीले डोनारुम्माले नै सुरुवात गर्ने विश्वास राखेको छ । तर, उनले केही पक्षमा सुधार गर्नुपर्नेछ ।

नाभासलाई नयाँ क्लब पाउन मुस्किल

पीएसजीका लागि अहिलेको समस्या भनेको नाभासको लागि नयाँ क्लब खोज्नु रहेको छ । कोस्टारिकाका यी गोलरक्षकको अझै दुई वर्ष सम्झौता बाँकी छ ।उनले एक सिजन १२ मिलियन युरो कमाउँछन् । उनले यसअघि आफ्नो परिवार पेरिसमै सेटल भइसकेको बताएका थिए ।

३५ वर्षीय नाभासको ट्रान्सफर भ्यालू करिब १० मिलियन युरो रहे पनि उनका लागि क्लब पाउन कठिन छ ।

एल इक्विपेका अनुसार नाभाससँगै प्रेसनेल किम्पेम्बेकोको हकमा पनि राम्रो प्रस्ताव पाए पीएसजीले बाहिर पठाउने सोचेको छ ।

१० वर्षदेखि पीएसजीमा रहेका २६ वर्षीय किम्पेम्बेलाई लण्डन क्लब चेल्सीले चासो देखाएको छ । पीएसजी भने डिफेण्डर मिलान स्क्रिनियरलाई भित्र्याउनको लागि इन्टरसँग छलफलमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?