+
+

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते ९:२६

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगाइपछि आज पहिलो बैठक बसेको हो ।

आइतबार सुरु भएर बिहीबार सकिएको माओवादीको केन्द्रीय सिमिति बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्य चयन गरेको थियो ।

आजको बैठकमा पदाधिकारी चयनका विषयमासमेत छलफल हुने नेताहरूले बताएका छन् । साथै, केन्द्रीय सिमिति बैठकको समीक्षा गर्ने र पोलिष्ट ब्युरो चयनका क्रममा देखिएका असन्तुष्टिबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?