२६ असार, काठमाडौं । कजाखस्तानकी एलिना रेबाकिनाले विम्लबल्डन ओपनको उपाधि जितेकी छन् ।
सेन्टर कोर्टमा शनिबार भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै रेबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् । उनी ग्राण्ड्सलाम उपाधि जित्ने पहिलो कजाखस्तानी खेलाडीसमेत बनिन् ।
१७औं वरीयताकी रेबाकिनाले जाबेरलाई ३-६,६-२, ६-२ ले हराइन् । २३ वर्षीय रेबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो ।
रसको मस्कोमा जन्मिएकी रेबाकिनाले सन् २०१८ देखि कजाखस्तानको प्रतिनिधित्व गर्न थालेकी थिइन् ।
रुसले युक्रेनमा गरेको हमलाका कारण यस पटक रुस र बेलारुसको खेलाडीलाई विम्बल्डनमा सहभागि गराइएको थिएन ।
प्रतिक्रिया 4