+
+

यसरी अन्मिइन् नीता, आज हुँदैछ रिसेप्सन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते ११:३६

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीले शुक्रबार लगनगाँठो कसे । वैवाहिक समारोहको अन्तिम दिन आइतबार बेलुका पाँचतारे होटल याक एण्ड यतिमा रिसेप्सन आयोजना गरिएको छ ।

रिसेप्सनमा फिल्म, मिडिया, राजनीति क्षेत्रसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निम्तो दिइएको छ । रिसेप्सनमा बलिउड अभिनेता प्रदीप रावत आउने भनिएपछि उनी नआउने बुझिएको छ । कांग्रेस नेता गगन थापा, अभिनेता राजेश हमालसहितका सेलिब्रिटी निम्तो सूचीमा छन् ।

शुक्रबार बेलुका उक्त होटलमै स्वयंवर समारोह सम्पन्न भयो । त्यसपछि नीतालाई कीर्तिपुरस्थित हरिहरको घरमा भित्र्याइएको थियो । नीता र हरिहर दुवैले स्वयंवरबाट बिदाइका तस्वीर सेयर गरेका छन् । परम्पराअनुसार उनीहरुलाई भाइ नाता पर्नेहरुले बोकेर गाडीमा चढाएको दृश्य देख्न सकिन्छ ।

बिहे सकिएलगत्तै दुवै जना निर्माण हुन लागेको आफ्नो नयाँ फिल्म ‘ह्रस्वदीर्घ’मा व्यस्त हुने भएका छन् । नीता र हरिहरको नै प्रमुख भूमिका रहने फिल्मलाई साउनदेखि फ्लोरमा लैजाने तयारी छ ।

तस्वीर : तौवा इभेन्ट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?